धादिङ २० पौष
नेपाल कम्यनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष अब्जनाथ सापकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथिमा संविधान सभा सदस्य एवं नेकपा बागमती प्रदेश सचिवालय सदस्य गुरुप्रसाद बुर्लाकोटी र विशेष अतिथिहरुमा नेकपा धादिङका सचिव बिजय बुर्लाकोटी, नेकपा प्रदेश कमिटी सदस्य एवं नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी रहनुभएको थियो । यस्तै कार्यक्रमको अतिथिहरुमा नेकपा नीलकण्ठ नगर संगठन कमिटी अध्यक्ष दिपक विश्वकर्मा, नेकपा बागमती प्रदेश जनसम्र्पक मञ्चका सदस्य सोम्बले तामाङ, वडा नं. १४ का अध्यक्ष फन्द्रा तामाङ लगायत रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि बुर्लाकोटीले जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गर्दै बैशाखमा चुनावको घोषणा गर्नु प्रधानमन्त्री केपि ओलीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी निर्णय भएको बताउनु भएको थियो । यस्तै बुर्लाकोटीले आगामी बैशाखमा कुनै पनि हालतमा मध्यावधी निर्वाचन हुन नसक्ने भन्दै अब एमाले माओवादी होइन सिंगो नेकपा निर्माण गर्न एकजुट हुनुपर्ने बताउनु भयो । बुर्लाकोटीले आधिकारिक नेकपा आफूहरु भएकाले सूर्य चिह्न आफूहरुको भएको दाबी समेत गर्नुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि बिजय बुर्लाकोटीले प्रतिगमनकारी र अलोकतान्त्रिक शक्तिले कम्युनिष्ट एकतालाई देख्न नसकेको र प्रधानमन्त्री ओलीले असंबैधानिक तवरले जनताको भावना र अभिमतलाई कुल्चदै प्रतिनिधिसभा बिघटन गरिएकोप्रति आन्दोनमा जान बाध्य भएकाले सम्पूर्ण पार्टी पङ्ति, सुभेच्छुक सुभचिन्तकहरुलाई शसक्त रुपमा आन्दोलनमा होमिन आह्वान गर्नुभयो ।
यही पौष २२ गते बृहत मोटरसाइकल ¥याली सहित धुवाकोट परिक्रमा गर्ने, घरदैलो कार्यक्रम गर्ने, कार्यकर्ता, सुभेच्छुक सुभचिन्तक लगायत आम नागरिकसम्म पुग्ने जस्ता कार्यक्रम वडा कमिटीले घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस