धादिङ १९ पुष
भूकम्प पिडित परिवार संघर्ष समिति रुवीभ्यालि धादिङले ३ बुँदे माग सहित राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाईमा धर्ना गरेको छ । आईतबार रुविभ्याली गाउँपालिका वडा नम्बर ५ का भुकम्प प्रभावित भएका ४६ घरधुरीले अझै पनि राहत पाउन नसकेको भन्दै धर्ना गरेका हुन् ।
समितिले एउटै भुगोलका नागरिकमा विभेदकारी निति भन्द गरियोस्, कमिसन र घुस लेनदेनमा पुन निर्माणको निति हो? र प्रत्येक भुकम्प पिडित नागरिकलाई समान अवस्थामा राहत तत्काल उपलब्ध गराईयोस् भन्ने माग गरेका छन् । राज्यबाट पाउने दोस्रो र तेस्रो किस्ताको लागि सम्पूणर् मापदण्डहरु पुरा गर्दा पनि किस्ता नपाएकोले धर्ना तथा विरोध कार्यक्रम गर्नुपरेको रुवीभ्याली गाउँपालिकाका दिपक तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस