धादिङ १९ पुष
अपाङ्गता भएका व्यक्तिहरुको समावेशीता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भुमिका विषयक कार्यशाला गोष्ठी धादिङबेशीमा सम्पन्न भएको छ । आईतबार नेपाल अपाङ्ग महिला संघको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका फोकल पर्शन जानुका सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुसहित सबै नागरिकलाई चुनावमा भाग दिने, मतदान गर्ने लगायतका सबै राजनीतिक एवं समाजिक अधिकारहरुको सुरक्षाको सुनिश्चितता गर्ने व्यवस्था भएपनि कार्यन्वयन भने हुन नसकेको नेपाल अपाङ्ग महिला संघका फोकल पर्शन जानुका सुवेदीले जानकारी दिनुभयो ।
सञ्चार माध्यमहरुले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा सुचना तथा समाचार तयार गर्दा ध्यान दिनुपर्ने विषयहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै नेपाल अपाङ्ग महिला संघले धादिङको निलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, थाक्रे गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नेपालको करिब तीन करोड जनसंख्यामा १.९४ प्रतिशत जनसंख्यामा अपाङ्गता रहेको छ । ती अपाङ्गता भएका व्यक्तिमध्ये ४५.४४ प्रतिशत अपाङ्गता भएका महिला रहेको सुवेदीले बताउनु भयो । कार्यक्रममा धादिङका विभिन्न संचारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस