धादिङ १८ पौष
धादिङको ज्वालामुखी गाउँपालिका स्थित साँधभन्ज्याङमा सूचना तथा संचार प्रविधि सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ज्वालामुखी गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि सूचना तथा संचार प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्धेश्यले उक्त तालिम संचालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत माधव विक्रम मल्लले जानकारी दिनुभयो । शुक्रबारदेखि ज्वालामूखी गाउँपालिकाले आयोजना गरेको तालिममा सूचना तथा प्रविधि अधिकृत केदार इटनी र शिक्षा अधिकृत माधव विक्रम मल्लले तालिमको सहजीकरण गर्नुभएको थियो । ज्वालाामूखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालको अध्यक्षतामा सम्पन्न भएको तालिममा पालिकाभित्र रहेका सामुदायिक विद्यालयका ३८ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस