धादिङ पौष १८
राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति धादिङको दोस्रो जिल्ला अधिवेशन धुनिबेशीमा सम्पन्न भएको छ । शनिबार “हाम्रो कला र सँस्कृतीको गौरवपूर्ण सान कलाकर्मीहरुको उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । अधिवेशनले रुपक परियारको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा जानुका बस्नेत, महिला उपाध्यक्षमा मनु थापा, वरिष्ठ उपाध्यक्ष राजाराम ढंगोल, द्धितीय उपाध्यक्षमा ईन्द्र मगर, तृतीय उपाध्यक्षमा तेज बहादुर पाठक, रजनी लामा, सह सचिवमा दुर्गा तिवारी, कोषाध्यक्षमा राजाराम खकुराल, सहकोषाध्यक्षमा दशरथ डङ्गोल, प्रवक्तामा रवि भट्टराई, महिला संयोजकमा यसोधा विडारी र कार्यक्रम संयोजकमा शम्भु त्रिपाठी चयन हुनुभएको छ । राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष केवल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतन र ओम प्रकास पाठकको विशेष आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस