धादिङ १८ पौष
गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरी बजारमा मित्रता कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको साधारण सभामा मित्रता कृषि सहकारीको कुल आयव्याय प्रस्तुत गर्नुका साथै असल ऋणीलाई नगद सहित सम्मान गरिएको थियो । मित्रता कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम प्रसाद न्यौपानेको अध्यक्षतमा सम्पन्न भएको साधारण सभामा जेष्ठ नागरिक अणुराज पाठकको प्रमुख आतिथ्यता तथा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङका प्रतिनिधी लितक बहादुर चेपाङको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस