धादिङ १७ पौष
आज(शुक्रबार) राष्ट्रिय टोपी दिवस मनाईएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुसी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । हामीले नेपाली टोपीको महत्त्व के छ ? र यसलाई प्रर्बद्धन गर्न के गर्न सकिन्छ भनेर साहित्यकार तथा इतिहासका ज्ञाता डा. नवीनबन्धु पहाडीसँग गरिएको कुराकानीका आधारमा रिपोर्ट तयार पारेका छौँ ।
रिपोर्टका लागि यहाँ क्लिक गर्नुहोस् ।
dhaka topi report finall
प्रतिक्रिया दिनुहोस