धादिङ १७ पौष
गजुरी गाउँपालिका स्थित सिद्धेश्वर महादेव मन्दिर परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको वृहत खुल्ला रक्तदान कार्यक्रममा २६ जना महिला र ५२ जना पुरुष गरी २ सय ७८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पसको आयोजना, नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी गजुरी उपशाखा, गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समुह र लायन्स क्लब अफ गजुरीको सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस