धादिङ १७ पौष
नीलकण्ठ माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रि प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति एवं पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश धमलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निवर्तमान प्रधानाध्यापक विष्णु सिलवाललाई बिदाई गरिएको थियो । उक्त विदाई समारोहमा सिलवालले विद्यालयमा रु. ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । कार्यक्रमकै अवसर पारी विद्यालयका लेखापाल सुनिता अर्याल र प्राथमिक तहका शिक्षक रिता अधिकारी, निम्न माध्यमिक तहबाट ध्रुव प्रसाद रिजाल र माध्यमिक तहबाट ध्रुव अधिकारीलाई वर्ष उत्कृष्ठ शिक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमलाई संवोधन गर्दै रमेश धमलाले विद्यालयलाई २ सय वटा कुर्सी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले विद्यालयको समग्र गतिविधिसहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस