धादिङ १६ पुष
नेपाली कांग्रेस ज्वालामुखी गाउँ कार्यसमितिको कार्यलय स्थापना दिवसको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ जना महिला र १ सय ८७ जना पुरुष गरि २ सय १८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका कार्यसमितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा ज्वालामुखी ६ साँधभन्ज्याङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङले गर्दै आएको रक्तदान कार्यक्रम मध्ये बिहिबार अहिले सम्मकै धेरै जनाले रक्तदान गरेको श्रेष्ठले बताउनु भएको छ । नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङले रगतको अभावलाई परिपूर्ति गर्ने उद्धेश्यले विभिन्न मेला, महोत्सव, वार्षिक साधारण सभा लगाएतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस