धादिङ १६ पुष
धादिङमा बिहिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाको १ जना र खनियावास गाउँपालिकाको २ जना रहेका छन् । स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाको अनुसार धादिङमा यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३० पुगेको छ । जसमध्ये १ हजार ४ सय ७६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस