धादिङ १३ पुष
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेस धादिङले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । सोमबार धादिङको गजुरी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा नेपाली काँग्रेसले संसद विघटन बिरुद्ध प्रदर्शन गरिएको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताउनु भयो ।
विरोध प्रदर्शन कार्यक्रममा काँग्रेस धादिङका सभापति रमेश धमला, दिलमान पाख्रिन, पुर्व सभापति रामनाथ अधिकारी, हरि अधिकारी, शिव सुवेदी लगायत नेताहरुको सहभागिता रहेको थियो । सोमबार सल्यानटारमा संसद विघटन बिरुद्ध गरिएको विरोध प्रदर्शन त्रिपुरासुन्दरी गाउँपालिकाको गेटमा पुगि कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस