धादिङ १२ पौष
धादिङबेसी स्थित कर्भड हलमा पुस ९ गते देखि जारी प्रथम मेयर कप खुल्ला जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।जिल्ला ब्याडमिन्टन संघ धादिङको आयोजनामा भएको उक्त प्रतियोगितामा ८ बिधामा १ सय ७४ टिमको सहभागिता रहेको थियो । विजेताहरुलाई आईतबार दिउँसो एक विशेष समारोहका साथ आयोजकले पुरस्कार वितरण गरेको थियो । ९ गते देखी सुरु गरिएको उक्त प्रतियोगितमा जिल्ला स्तरीय पुरुष एकल तर्फ सविन तामाङ प्रथम, पोषण चौधरी द्धितीय, रामकुमार श्रेष्ठ र लक्पा तेन्जिङ तामाङ तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २० र १२ हजार नगद प्रदान गरिएको छ । जिल्ला स्तरीय पुरुष युगल तर्फ सविन तामाङ र राजेन्द्र अधिकारी प्रथम, लिला कान्त र दुर्गा शाही द्धितीय र लक्ष्मी कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ र विनोद लम्साल, कृष्णकुमार श्रेष्ठ तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३५ हजार नगद, २४ हजार र १५/१५ हजार प्रदान गरिएको छ । जिल्ला स्तरीय महिला एकल टिम तर्फ बविता पुरी प्रथम, रेखा अधिकारी द्धितीय, रविना थापा र सरला तामाङ तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १२ हजार, ७ हजार, र ५/५ हजार नगद प्रदान गरिएको छ । त्यस्तै जिल्ला स्तरीय १७ वर्ष मुनिका केटा एकल विधा तर्फ सलिन तामाङले प्रथम पुरस्कार १५ हजार, जनिश आमत्य द्वितिय ८ हजार, निर्दिष्ट अधिकारी र आयुष क्षेत्रि तृतिय हुँदै ५/५ हजार पुस्कार जित्न सफल भएका छन् । जिल्ला स्तरिय भेन्ट्रान्स ४५ ओभर पुरुष एकल तर्फ गणेश कुमार श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडिले प्रथम पुरस्कार ३० हजार, राजेन्द्र अधिकारी र राममणि मिश्रको जोडि दितिय हुँदै २० हजार, दोणर्नाथ सेढाई र रामशरण श्रेष्ठ, उदयबहादुर थापा र पुष्पराज उप्रतीको टिम तृतिय हुँदै १२(१२ हजार पुस्कार जित्न सफल भएका छन् ।
त्यसैगरी जिल्ला स्तरिय अफिसर्स टिम युगल विधा तर्फ जसमा नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गाना र दुर्गा शाहीको टिम प्रथम हुँदै १५ हजार, रमेश अर्याल र सुमन सेढाई द्धितीय हुँदै १० हजार, लिला कान्त विक, तुलबहादुर थापा र हरि पाटामगर, ज्ञान नारायण श्रेष्ठ तृतीय हुँदै ८/८ हजार पुस्कार जित्न सफल भएका छन् । पालिका अन्तरगत पुरुष युगल बी विधा तर्फ टेक गुरुङ र इश्वर थापामगरले प्रथम हुँदै २० हजार, पोषण चौधरी र भिषण कुमार श्रेष्ठ दितीय हुँदै १४ हजार, विनोद लम्साल र राममणि मिश्र, लक्ष्मण मल्ल ठकुरी र भिमसेन थापा तृतीय हुँदै ८/८ हजार पुस्कार जित्न सफल भएका छन् । नगरपालिका अन्तरगत पुरुष युगल सी विधा तर्फ दिनेश तिमल्सिना र रमेश कोईराला प्रथम हुँदै १५ हजार, अर्जुन कुमार श्रेष्ठ र सोनीग्याम्बा तामाङ दितिय हुँदै १० हजार, रामबाबु अधिकारी, राजेन्द्र कुँवर र रामजी अधिकारी, राजकुमार श्रेष्ठ तृतीय हुँदै ८/८ हजार नगद पुरस्कार जित्न सफल भएका छन् । उक्त प्रतियोगिताको प्रवर्धन नीलकण्ठ नगरपालिका र प्राविधिक सहयोग नेपाल ब्याडमिण्टन संघ केन्द्रिय कार्याललय रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस