धादिङ १२ पुष
धादिङमा आईतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय पुरुष, वडा नम्बर ६ का २०, २० वर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय २२ पुगेको छ । जसमध्ये १ हजार ४ सय ५४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस