धादिङ १२ पुष
राष्ट्रिय प्रजान्तत्र पार्टी जिल्ला कार्यसमिति धादिङले २२ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाका अध्यक्ष नवराज श्रेष्ठले प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिद्धारा प्रतिनिधि सभाको विघटनले राजनीतिक संकटमा परेकोे भन्दै २२ बुँदे माग सहित ज्ञापन पत्र बुझाउनु भएको हो ।
विज्ञप्तीमा गरिएको २२ बुँदे मागहरु अन्र्तगत संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस तथा पूणर् धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र धोषणा गरियोस्, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्, बेरोजगारी समस्या समाधानको निम्ति अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यन्वयन गरियोस् कोभिड -१९ को नियन्त्रणमा सरकार तदारुकताका साथ लागोस्, भ्रष्टाचार बिरुद्ध नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् लगाएतका माग गरेका छन् ।
त्यस्तै गरी महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चालियोस्, स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकार लगाईएका दोहोरो कर तत्काल खारेज गरियोस्, उखु किसानले चिनी मिल संचालकसँग भुक्तानी लिन हरेक वर्ष राजधानी आई आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र दश कक्षा सम्म संस्कृत शिक्षा अनिवार्य गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस