धादिङ ११ पौष
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धादिङको चौथो पूणर् बैठक सम्पन्न भएको छ । धादिङबेसीमा सम्पन्न भएको बैठकले विभिन्न निणर्यहरु समेत गरेको छ । बैठकले के.पि. ओलीको असंबैधानिक कदम(प्रतिनिधि सभा बिघटन) को निन्दा र खेद ब्यक्त गर्दै जिल्लाका १३ ओटै पालिका कमिटीको बैठक ,वडा कमिटी बैठक र संघर्षमा जनपरिचालन गर्ने, सबै जनवर्गीय संगठनहरुको भेला र बैठक सम्पन्न गर्ने, केपि ओलीको असंबैधानिक कदमका बिरुद्ध पौष १४ गते काठमाडौं जाऔं अभियानमा जनपरिचालन गर्ने र पार्टी केन्द्रले निर्देशित गरेका संघर्ष र कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने निणर्य गरेको छ । बैठकमा सय जनाभन्दा बढी जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको बैठकमा नेकपा धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलको अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रीय सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्यहरु पुष्प विक्रम मल्ल, गङ्गालाल तुलाधर, नेता गुरु बुर्लाकोटी, राम बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस