धादिङ ११ पुष
ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ साँधभन्ज्याङमा दुई दिने पाठ्यक्रम प्रबोधीकरण कार्यशाला २०७८ सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध ज्वालामुखीको मुल आधार ” भन्ने मुल नाराका साथ शनिबार कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रममा नयाँ पाठ्याक्रम लागु भएपछि पाठ्याक्रमलाई के कसरी अगाडी लैजाने भन्ने बारेमा छलफल तथा समिक्षा भएको ज्वालामुखी गाउँपालिकाका शिक्षा अधिकृत माधव मल्लले जानकारी दिनुभयो । राष्ट्रिय पाठ्याक्रमले तोकेको निधारित उद्धेश्यहरु परिपूर्ति गर्ने र कक्षा कोठामा पाठ्याक्रम लागु गराउने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो ।
राष्ट्रिय पाठ्याक्रम २०७६ आए सँगै त्यसको आधारमा २०७७ सालमा उक्त पाठ्याक्रमको परिक्षण गरिएको र अहिले २०७८ मा आएर सोही कार्यक्रम नेपालभर लागु भएको मल्लले बताउनु भएको छ । कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यक्रम लागु गरेपनि तत्काल भने कक्षा १ को मात्रै नयाँ पाठ्यक्रम लागु गरिएको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकाको ४१ वटा विद्यालयहरु मध्ये अधिकांश विद्यालयका शिक्षक शिक्षिकाहको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस