धादिङ १० पौष
नेपाल कम्युनिष्ट पार्टीको बिबाद चुलिदै जादा प्रदेशमा पनि प्रभाव पर्न थालेको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि सघीय सरकारका ७ मन्त्रीले राजिनामा दिएका छन् । यसैबिच शुक्रबार बागमती प्रदेशका ३ मन्त्रीले समेत राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् । राजिनामा दिदै ३ मन्त्रीले मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वको प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, मुख्यमन्त्री स्वयं दिशाबिहिन र सुूस्त भएको बताएका छन् । नेकपा बिबादले फुटको रुप लिइसकेको छ । राजिनामा दिने मन्त्रीहरु प्रचण्ड नेपाल समूहका हुन् भने मूख्य मन्त्री पौडेल ओली समूहका हुन् ।
प्रतिक्रिया दिनुहोस