धादिङ ९ पौष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका सचिवालय सदस्य एवम जनयुद्धका जिउँदा सहिद रामबहादुर भण्डारीले सहिदको सपना पुरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । जनयुद्धका महान् शहिद जीवन थपलिया र अनिल थापाको १७ औँ स्मृति दिवसका क्रममा भण्डारीले सो कुरा बताउनु भएको हो । बैरेनीबाट गस्तीमा निस्केका तत्कालीन शाही सेनाले २०६० पौष ९ गते बिहान ७ बजे आगिन्चोक स्थित गणेस्थान घर नजिकै आँखु खोलाको किनारमा दर्जनौ गोली ठोकेर जीवन थपलियाको हत्या गरेको थियो । भने आगिञ्चोक कास्टेका अनिल थापालाई थपलियाको हत्या गरेको करिव आधा घण्टा पछि गुन ठाँटी भन्ने ठाउँमा हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस