धादिङ ७ पुस
धादिङमा मङ्गलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर १ का २६, ३७ र ३९ वर्षीय महिला र वडा नम्बर ६ का २८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय १३ पुगेको छ । जसमध्ये १ हजार ४ सय २६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस