धादिङ ०६ पौष
धादिङ अस्पतालमा सेवा लिन आउने आम नागरिकहरुलाई गुणस्तरीय सेवा दिनु नै पहिलो प्राथमिकता भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भएको छ । सोमबार धादिङ अस्पताल धादिङकोे सघन उपचार कक्ष समुद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री दुलालले सो कुरा बाताउनु भएको हो । अस्पतालको सघन उपचार कक्ष सञ्चालनसँगै त्यहाँबाट आम नागरिकहरुलाई दिने सेवा सुविधा भरपर्दो र विश्वासीलो हुनु अति आवश्यक रहेको दुलालले बताउनु भयो ।
धादिङ अस्पतालको विकास र उन्नतिको लागि प्रदेश सरकारले निरन्तर छलफल गरी रहेको बताउनु हुँदै मन्त्री दुलालले बागमती प्रदेश मातहतमा सञ्चालित अस्पतालहरुको स्तर उन्नति भैरहेको बताउनु भयो ।
यस्तै बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीले स्वास्थ्य क्षेत्र जस्तो जटिल मानव जातको पवित्र सेवा अन्य नभएको बताउनु भएको थियो । धादिङ अस्पतालका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका प्रदेश सांसद डा. रामकुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । समुद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिमप्रसाद ढुङगाना, उप मेयर मनराज भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस