धादिङ ६ पौष
धादिङबेसीमा जनता समाजबादी पार्टी धादिङले असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश तथा प्रतिगमनकारी कदमको विरोध स्वरुप कोण सभा निकालेको छ । सोमबार जनता समाजबादी पार्टी धादिङको आयोजनामा धादिङबेशीको बिचबजारमा कोण सभा निकालिएको हो । कोण सभा कार्यक्रमलाई सम्बोधन गर्नुुहुदै जनता समाजबादी पार्टी धादिङका अध्यक्ष राम ढकालले आईतबार भएको संसद विघटन जनताको जनमत विरुद्ध भएको बताउनु भएको छ । साथै संसद विघटन प्रति चालिएको कदमलाई सच्याउन पनि आग्रह गर्नुभयो ।
जनता समाजबादी पार्टी धादिङका सह-सचिव अर्जुन सापकोटाले संचालन गर्नुभएको कोण सभामा जनता समाजबादी पार्टी धादिङका अध्यक्ष राम ढकालको प्रमुख आतिथ्य रहेको थियो । कोण सभामा जनता समाजबादी पार्टी धादिङका कोषाध्यक्ष निकिता तामाङ लगाएत जनता समाजबादी पार्टी धादिङका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस