धादिङ ०५ पौष
खनियावास गाउँपालिका वडा नम्बर ५ स्थित सत्यदेवीमा जनता समाजवादी पार्टीको भेला सम्पन्न भएको छ । आईतबार जनता समाजवादी पार्टीको भेलाले ४ जना पदाधिकारी सहित २५ जना कार्यसमिति गठन गरेको जनता समाजवादी पार्टी धादिङका अध्यक्ष राम ढकालले जानकारी दिनुभयो । भेलाले अध्यक्षमा खड्ग बहादुर गुरुङ, उपाध्यक्षमा बुद्धि बहादुर तामाङ, चित्र तामाङ र सचिवमा विरेन्द्र तामाङ चयन हुनु भएको छ । संविधान सभा सदस्य बिर बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनता समाजवादी पार्टी धादिङका अध्यक्ष राम ढकाल, जनता समाजवादी पार्टी धादिङका कोषाध्यक्ष निकिता तामाङको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस