धादिङ ०५ पौष
संसद विघटनको निणर्य खारेजको माग गर्दै धादिङबेसीमा पनि बिरोध प्रर्दशन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल धादिङको अगुवाइमा र्याली सहितको विरोध प्रदर्शन गरिएको हो । बिरोध प्रर्दशनका क्रममा प्रदर्शनकारीहरुले असंबैधानिक कदम खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर जस्ता नारा लगाएका थिए ।
र्यालीपछिको कोणसभालाई संवोधन गर्दै युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर सिलवालले केपि ओली प्रतिगनको रक्षक भएको बताउदै तत्काल असंबैधानिक कदम फिर्ता लिन माग गर्दै थप आन्दोलनका कार्यक्रम गर्ने बताउनु भयो ।
यस्तै नेकपा बागमती प्रदेश सचिवालय सदस्य राम बहादु भण्डारीले १० वर्षे जनयुद्ध, जनआन्दोलनको जस्ता थुप्रै बलिदानसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौति दिदै असंवैधानिक कदम चालेको भन्दै तत्काल खारेजकिो माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस