धादिङ ५ पुष
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समिक्षा गरिएको छ । आईतबार धादिङबेशीमा आयोजना गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु समाबेश गरिने भएकोले सन् २०२० मा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बारे जानकारी दिनुभएको थियो ।
इन्सेकले कार्यक्रममा प्रस्तुत गरेको तथ्याङ्क अनुसार सन् २०२० मा बालिकामाथी हुने बलात्कार र बलात्कार प्रयासका घटना सबैभन्दा धेरै रहेको अधिकारीले बताउनु भयो । बालिका बलात्कारका १६, बालिका प्रयासका ३, सामुहिक बलात्काका १ वटा घटना रहेको छ । यसैगरि बलात्कारका २ र बलात्कार प्रयासका २ घटना रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यक्तममा मानव अधिकार संरक्षणका लागि प्रहरी र कानून व्यवसायि, महिला अधिकारकर्मी, संचारकर्मी र र मानव अधिकारकर्मीहरुको सामुहिक प्रयासको आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले बताउनुभएको छ । इन्सेकले सन् २०२० मा मानवअधिकार उल्लंघन र ज्यादतीका ३४ घटनाहरु रहेको सार्वजनिक पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस