धादिङ ५ पुस
धादिङमा आइतबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जनाकारी दिनुभयो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ सय ८ पुगेको छ । जसमध्ये १ हजार ३ सय ९९ जना निको भएर घर फर्किसेकका छन् । जिल्लाको १३ वटा स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय १४ जना, धुनीबेसी नगरपालिकामा ८४ जना, गल्छीमा १ सय ८९ जना, त्रिपुरासुन्दरीमा १ सय १९ जना, बेनिघाट रोराङमा १ सय १९ जना , गजुरीमा १ सय ३ जना, ज्वालामुखी गाउँपालिकामा ९७ जना, थाक्रेमा ८२ जना, सिद्धलेकमा ६० जना, खनियाँबासमा ५० जना, गंगाजमुनामा ४१ जना नेत्रावती डबजोङमा ३९ जना, रुविभ्यालीमा १५ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ८९ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ५ सय ८ जना रहेका छन् । संक्रमितहरुमध्ये ४ सय ३९ जना महिला र १ हजार ६९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लामा सक्रिय केशको संख्या ८४ जना रहेका छन् भने ११ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस