धादिङ ३ पुष
धादिङमा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुष , वडा नम्बर ७ का ३० वर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जनाकारी दिनुभयो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ सय ३ पुगेको छ । जसमध्ये १ हजार ३ सय ९९ जना निको भएर घर फर्किसेकका छन् ।
प्रतिक्रिया दिनुहोस