धादिङ १ पुस
बुधबार धादिङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टी हुनेहरुमा थाक्रे गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय पुरुष र खनियाँबास गाउँपालिका वडा नम्बर ५ का ६१ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ५ सय पुगेको छ । यस्तै १३ सय ७८ जना निको भएर घर फर्किसकेका छन् भने १७ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस