धादिङ ३० मङसिर
मङ्गलबार धादिङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टी हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर १ का ३६ र ४९ वर्षीय पुरुष, वडा नम्बर २ का ३२ वर्षीय पुरुष, वडा नम्बर ३ की ४० वर्षीय महिला, वडा नम्बर ४ का २२ वर्षीय पुरुष, वडा नम्बर ६ का २५,२५ वर्षीय पुरुष र ४१ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसंगै जिल्लमा कुल संक्रमितको संख्या १ हजार ४ सय ९८ पुगेको छ भने १३ सय ७६ जना निको भएर घर फर्किसकेका छन् । धादिङको १३ वटा स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय ७ जना, गल्छीमा १ सय ८६ जना, त्रिपुरासुन्दरीमा १ सय १८ जना, बेनिघाट रोराङमा १ सय १६ जना र गजुरीमा १ सय जना, ज्वालामुखी गाउँपालिकामा ९२ जना, थाक्रेमा ८२ जना, धुनीबेसीमा ८२ जना, सिद्धलेकमा ५४ जना, खनियाँबासमा ४६ जना, गंगाजमुनामा ४० जना नेत्रावती डबजोङमा ४४, रुविभ्यालीमा १४ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ८९ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ४ सय ९८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस