धादिङ २९ मंसिर
वर्तमान सरकारको ज्यादती, भ्रष्ट्राचार, कुशासन र बलत्कारको घटनाको विरुद्धमा नेपाली कांग्रेस सडकमा आउनु परेको काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले बताउनु भएको छ । सरकारले सडकबाट उठाउने आवाज मात्रै सुन्ने बानी भएकाले नेपाली काङ्ग्रेस सरकार विरुद्ध सडकमा उत्रिनु परेको बताउनु भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्नुहुदै धमलाले सो कुरा बताउनु भएको हो । सरकारको कारण गणतन्त्र समेत खतरामा पुग्न लागेको भन्दै धमलाले कोरोना भाइरस (कोभिड १९) को कारण मुलुक धरापमा परेको बेला सरकारको भूमिका शून्य रहेको बताउनु भयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताहरुको सामु निरन्तर शालीन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने गरेको उहाँको आरोप छ ।
जिल्ला भित्र रहेका १०४ वटै वडाबाट सरकार विरूद्ध प्रदर्शनमा ठूलो संख्यामा नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस