धादिङ २९ मङ्सिर
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका हरि प्रसाद तिमल्सिना(जनक) को १८ औं स्मृति दिवस आइतबार धादिङबेसीमा मनाइएको छ । जनतामा स्थापित नेताका रुपमा परिचित तिमल्सिनालाई धादिङको ज्यामरुङ्गमा तत्कालीन शाही सेनाले पेटीले झुण्ड्याएर २०६० साल मंसिर २८ गते गोली हानी हत्या गरेको थियो । तिमल्सिनाका पिता खडानन्द तिमल्सिना र माता तारादेवि तिमल्सिनाको कोखबाट वि. स. २००२ साल असार १४ गते बुधबारको दिन कान्छो छोरोको रुपमा जन्मिएका थिए । २०५८ मा पुणर्कालीन राजनीतिमा प्रवेश गर्नु भएको हरी किसान संघ क्रान्किारीको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । शहिद हरि तिमल्सिनाको जीवन संगिनी विष्णुमाया तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा धादिङका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस