धादिङ २८ मङ्सिर
आइतबारदेखि धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ स्थित सेमजोङबाट राष्ट्रिय वाणिज्य बैंकले कारोबार सुरु भएको छ । उत्तरी भेगका नागरिकहरुलाई बैंकिङ कारोबारमा सहजता होस भनी गाउँपालिकाको विशेष पहलमा राष्ट्रिय वाणिज्य बैंकले सेमजोङमा शाखा विस्तार गरेको गाउँपालिकाका प्रशासन तथा योजना शाखाका प्रमुख अनुप लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकामा बंैक स्थापना भएपछि सामाजिक सुरक्षा भत्ता लगायत अन्य आर्थिक कारोबारहरु बैंकिङ सिस्टमबाट वितरण गरिनेछ ।
गाउँमा बैंक नहुँदा विभिन्न विकास निर्माणका योजनाहरुदेखि गाउँपालिकाबाट दिनुपर्ने विभिन्न भुक्तानीहरुमा समस्या भएकोे लामिछानेले बताउनु भयो । लामो समय पछि पालिकामा बैंक स्थापना भएपछि विकास निर्माणका योजनाहरुको बजेट निकासा गर्न सहज भएको बताउदै लामिछानेले नेत्रावती डबजोङ गाउँपालिकाले बैंक स्थापना गरे लगत्तै स्थानीयहरु निकै खुसी भएको बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस