धादिङ २८ मंसिर
आइतबार धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टी हुनेहरुमा ज्वालामुखी गाउँपालिका वडा २ का १८ र ४८ वर्षीय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का ५७ वर्षीय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय पुरुष र धुनीबेसी नगरपालिका वडा नम्बर १ का ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसंगै जिल्लमा कुल संक्रमितको संख्या १ हजार ४ सय ९० पुगेको छ भने १३ सय ५१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस