धादिङ २८ मङ्सिर
संमृद्ध गङ्गाजमुना निर्माणको अभियान सुरु भैसकेकाले अव त्यसलाई निरन्तरता दिन र व्यवस्थित गर्ने काम मात्र बाकी रहेको संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । गङ्गाजमुना गाउँपालिकाको वडा नं. १ र २ साविकको री गाविसमा विकासको प्रमुख मेरुदण्ड सडक पूर्वाधारका लागि एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तरगत भौतिक योजना तथा पूर्वाधार मन्त्रालयद्धारा फूलखर्क री हुदै लापा जोड्ने सडकका लागि रु. ४० करोड रकम विनियोजन गरिएको र हाल फूलखर्कदेखि रीसम्म ३ खण्डमा २, २ करोडकको काम भैरहको बताउदै सडक पूर्वाधारसँगै बिजुली बत्तीको लागि पनि आफूले पहल गरिरहेको बताउनु भयो । शनिबार गंगाजमुना गाउँपालिका वडा नम्बर १ र २ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा सांसद लोहनीले सो कुरा बताउनु भएको हो । वडा नम्बर १ को वडा कार्यालयको ४ कोठे भवन ४८ लाख बजेटमा निर्माण हुने र वडा नम्बर २ को ६ कोठे भवन ३८ लाखमा निर्माण कार्य सम्पन्न हुने लोहनीले बताउनु भयो । वडा नम्बर १ ताजीम्राङको वडा कार्यालय भवन शिलान्यस कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङ र वडा नम्बर २ तावल मेलेडाँडाको वडा कार्यालय भवन शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष फैसिङ तामाङको अध्यक्षता रहेको थियो ।
दुवै वडा कार्यालय शिलान्यास कार्यक्रमको प्रमुख आतिथ्यता संघीय सांसद खेम प्रसाद लोहनीले गर्नुभएको थियो भने विशेष आतिथ्यता गंगाजमुना गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा गंगाजमुना गाउँ संगठन कमिटिका अध्यक्ष विष्णु सिंखडा, गाउँपालिकाका जनप्रतिनिधिहरु शिक्षाविद ईन्द्र श्रेष्ठ, स्थानीय पार्टी प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
५ आना जग्गामा बन्न लागेको ४ कोठे भवनको कुल लागत ४८ लाख रहेको वडा नं. १ का अध्यक्ष बहादुर तामाङले जानकारी दिनुभयो । यस्तै रु. ३८ लाख लागतमा ५ कोठे भवन निर्माण गर्न लागिएको वडा नं. २ का अध्यक्ष फैसिङ तामाङले जानकारी दिनुभयो ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस