धादिङ २८ मंसिर ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ फिस्टारमा निर्माण गरिएको कोभिड अस्पतालमा कोरोना संक्रमितहरुलाई राखेर उपचार गरिने सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ । आईतबार सिद्धलेक गाउँपालिका स्तरीय कोभिड अस्पतालको औपचारिक सेवा शुभारम्भ गर्नुहुँदै सिलवालले सो कुरा बताउनु भएको हो ।
साथै आगामी ३ महिनासम्म कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले सुरु भएको अस्पतालमा ५ शैंयाको व्यवस्था रहेको अध्यक्ष सिलवालले बताउनु भयो । संघीय राजधानीसँग नजिक रहेको सिद्धलेक गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचार र आइसोलेसनको लागि कोभिड अस्पताल आईतबार देखि सञ्चालनमा ल्याईएको हो ।
संघीय सरकारको १० लाख बजेटमा अस्पतालको औपचारिक सेवा आज बाट सुरु भएको छ । अस्पतालमा १ जना डाक्टर, २ जना नर्स र कार्यालय सहयोगी नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस