धादिङ २६ मङ्सिर
मूलक समाजवादतर्पm उन्मुख भएकाले शिक्षा, स्वास्थ्य र रोजगारीलाई अहिलेको सरकारले विशेष प्राथमिकता दिएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ । जिल्ला अस्पताल धादिङको ४४ औँ वार्षिक उत्सव कार्यक्रम बोल्दै मन्त्री जम्कट्टेलले सो कुरा बताउनु भएको हो । जिल्ला अस्पताल धादिङको विकास व्यवस्थापनको निमित्त आफूले महत्त्वपूणर् भूमिका निर्वाह गर्ने समेत मन्त्री जम्कट्टेलले बताउनु भयो ।
धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको ४४ औँ वार्षिक उत्सवमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुअ आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, काठमाण्डौँ विश्व विद्यालयका प्राध्यापक डा.काशिराज पाण्डे, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल महाशाखा प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाँईको विशेष आतिथ्य रहेको थियो । वार्षिक उत्सवकै अवसरमा मन्त्री जम्कट्टेलले अस्पतालका कर्मचारीहरु बस्ने क्वार्टरको समेत उद्घाटन गर्नुभएको थियो । कार्यक्रमकै अवसर पारी उत्कृष्ठ कार्य गर्ने अस्पतालका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस