धादिङ २५ मंसिर
धादिङमा बिहिबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनीबेशी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७६ पुगेको छ, भने निको हुनेको कुल सख्या १३ सय ५१ पुगेको छ । जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय ४ जना, गल्छी गाउँपालिकामा १ सय ७७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १ सय १८ जना, बेनिघाट रोराङ गाउँपालिकामा १ सय १५ जना र गजुरी गाउँपालिकामा ९९ जना, ज्वालामुखी गाउँपालिकामा ८८ जना, थाक्रे गाउँपालिकामा ८२ जना, धुनीबेसी नगरपालिकामा ८१ जना, सिद्धलेक गाउँपालिकामा ५४ जना, खनियाँबास गाउँपालिकामा ४६ जना, गंगाजमुना गाउँपालिकामा ४० जना नेत्रावती डबजोङ गाउँपालिकामा ४१, रुविभ्याली गाउँपालिकामा १४ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ८९ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी कुल १ हजार ४ सय ७६ जना रहेको थापाले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस