धादिङ २४ मङ्सिर
कोरोना सङ्क्रमणका कारण धादिङमा थप १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ८३ वर्षीय पुरुष रहेको रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । यस्तै बुधबार धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर ४ का ९५ वर्षीय पुरुष, २६ वर्षीय महिला, वडा नम्बर ६ की ४२ वर्षीय महिला र वडा नम्बर ७ का २४ वर्षीय पुरुष, नीलकण्ठ नगरपालिका वडा ३ की ४४ वर्षीय महिला, वडा नम्बर ११ का ५३ वर्षीय पुरुष, धुनीबेशी नगरपालिका वडा नम्बर २ का ८३ वर्षीय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसँगै धादिङमा कुल संक्रमितको संख्या १ हजार ४ सय ७५ पुगेको छ भने १३ सय १ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस