जेष्ठ १२
कपिल जम्कट्टेल
हरेक खालका अतिरिक्त कृयाकलापमा सहभागी गराउँदै आएको सुनगाभा एकेडेमी हस्तलेखन समितिद्धारा आयोजित हस्तलेखन प्रतियोगिता आज विद्यालयमा सम्पन्न भएको छ । हस्तलेखन प्रतियोगिता समितिका सदस्यद्धय कक्षा ८ मा अध्ययनरत छात्र पार्वती गुरुङ र मनिता गुरुङको नेतृत्वमा सम्पन्न भएको हो । कक्षा १ देखि ३ ,४ देखी ६ र ७ देखि ९ गरी ३ समुहमा सञ्चालन गरिएको प्रतियोगितामा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा हस्तलेखन गरिएको थियो । अङ्ग्रेजीतर्फ कक्षा १ देखि ३ मा उमेश सिलवाल प्रथम, सुवानी लम्साल द्धितीय र सुमिना तामाङ तृतीय भएका हुन् ।
यस्तै कक्षा ४/६ मा प्रथम पङ्कज दुवाडी द्धितीय अन्जु श्रेष्ठ र तृतीय सफलता सिलवाल भएका छन् । यसैगरी कक्षा ७/९ मा सलिना गुरुङ प्रथम, रञ्जु श्रेष्ठ द्धितीय र आर्यन सुनार तृतीय भएका छन् । उता नेपाली हस्तलेखनतर्फ कक्षा १/३ मा प्रशसां सिलवाल प्रथम, राम पाण्डे द्धितीय र सुमिना तामाङ तृतीय भएका हुन् । कक्षा ७/९ मा आर्यन सुनार प्रथम, रञ्जु श्रेष्ठ द्धितीय र सलिना गुरुङ तृतीय भएका हुन् । विद्यालयका प्रधानाध्यापक बद्रि लम्सालले विजयी विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई सुन्दर हस्तलेखन गर्न निर्देशन समेत दिनुभयो । विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा मध्यनजर गर्दै यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस