धादिङ २३ मङ्सिर
धादिङ अस्पतालमा एक महिलाले ३ शिशुलाई जन्म दिएकी छिन् । ज्वालामुखी गाउँपालिका वडा नं. ६ की ३७ वर्षीय महिलाको धादिङ अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ र शल्यक्रिया टिममा सहभागी डा.पुजश कर्माचार्य, डा.सबिन भन्डारी, लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा, एस्तर तामाङ र सरस्वती मल्ल लगायतको टिमले सफल सल्यक्रिया गरेको हो । धादिङ अस्पतालको अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताउदै सूचना अधिकारी विक्रम बिकले शिशुहरुको अवस्था सामान्य रहेको बताउनु भयो । महिलाले १ किलो ८ सय ग्राम, १ किलो ५ सय ग्राम र २ किलो ५ सय ग्रामको बच्चा जन्माएकी हुन् ।
प्रतिक्रिया दिनुहोस