धादिङ २३ मङ्सिर
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ मा यौन तथा लैङ्गिक हिँसा रोकथाम तथा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । “लैङ्गिक हिंसा बिरुद्धको अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत उक्त कार्यक्रम सम्पन्न भएको हो । महिला हिंसा भनेको के हो ? आफूमाथि हिंसा भयो भने कहाँ गएर उजुरी गर्ने ? लगाउतका विषयमा जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कोभिड -१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक सुशिला श्रेष्ठले बताउनु भयो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवी कुमारी वुर्लाकोटीले महिला हिंसा न्यूनीकरण गर्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । आफूमाथि भएको हिंसाका बारेमा गाउँपालिकामा आएर उजुरी दिने र गाउँपालिकाले हरदम महिलाको हितको लागि साथ र सहयोग गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाले अहिले महिला हिंसाका घट्नाहरु बढ्दो क्रममा रहेकोले आफू हिंसामा परे लुकाएर नराख्न आग्रह गर्दै यदि समुदायमा हिंसा भए पनि आफ्नो वडा र गाउँपालिकामा गएर उजुरी दिनुपर्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवी कुमारी वुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सञ्जय बराल, महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यलयका प्रमुख मिना देवकोटाको विशेष आतिथ्यता रहेको कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सदस्य मायादेवी शर्मा लगाएत गाउँपालिकाका सम्पूणर् स्वयंसेवीहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा मनोसामाजिक प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोभिड -१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक सुशिला श्रेष्ठले मनोसामाजिक प्राथमिक उपचार सम्बन्धी सहजीकरण गनुभएको थियो । साथै कायक्रममा सहभागिहरुले कार्यक्रमबाट सिकेका कुराहरु आफ्नो व्यवहारमा पनि लागु गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सञ्जय बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस