धादिङ २३ मङ्सिर
गुठी समस्या समाधानको माग गर्दै धादिङका गुठीपीडित नागरिकहरुले मङ्गलबार मालपोत कार्यालय धादिङमा शान्तिपूणर् रुपमा धर्ना दिएका छन् । “श्री ५ को बायुगुठी खारेज गर, लालपुर्जामा सम्मान गर, पीडितहरुको माग पुरा गर” जस्ता नारा लगाउँदै गुठी पीडित संघर्ष समिति धादिङले विरोध तथा आन्दोलन गरेका हुन् । जग्गाधनी प्रमाण पुर्जामा मोही कायम गरेकोले आन्दोलन गर्न बाध्य भएको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा सदस्य कमला श्रेष्ठले बताउनु भयो । तत्कालीन ज्यामरुङ र कटुञ्जे गाविसका करिब ३ हजार घरधुरी गुठीपीडितहरुको समस्या समाधान हालसम्म पनि हुन नसकेकाले मालपोत कार्यालय घेराउ गर्ने र समस्या समाधान नभएसँग मालपोत कार्यालयका सबै सेवा ठप्प पारिने श्रेष्ठ बताउनु हुन्छ ।
वायुगुठीको नाममा बसोबास गर्दै आएका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का करिब ३ हजार घरधुरी नागरिकहरुको आफ्नो पैतृक सम्पति जग्गाको नापी हुँदा हुँदै २०७४ सालदेखि मालपोत कार्यालयबाट एक्कासी श्री ५ को वायुगुठीलाई जग्गा धनी बनाई जग्गा धनीलाई मोही बनाएर प्रमाणपुर्जा प्रदान गरिएको थियो । यस विषयमा पीडितहरुले सम्बन्धित व्यक्तिहरुको लालपूर्जा यथावत ढाँचामा सच्याउन पाउँ भनी जिल्ला मालपोत कार्यालय, गुठी संस्थान विभाग र मन्त्रालयमा ताकेता गर्दा २०७६ बैशाख ११ गते गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले जिल्ला मालपोत कार्यालय धादिङमा सम्पूणर् विवरण खुलाई पठाई दिने भनी पठाएको पत्रको कुनै कार्यान्वयन नभएकाले पीडितहरु आन्दोलनमा उत्रिन बाध्य भएको बायुगुठी पीडित नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का रामकृष्ण तामाङले बताउनु भयो । सरकारले बायुगुठी पीडितहरुको समस्या समाधानका लागि तदारुकता नदेखाएको तामाङ बताउनु हुन्छ । देशबाट राजतन्त्र हटिसकेको अवस्थामा पनि लालपुर्जामा श्री ५ लेख्नु दुखलाग्दो विषय भएको तामाङले बताउनु भयो । गुठी समस्या समाधान संघर्ष समितिका अध्यक्ष ईश्वरी बहादुर लम्सालको नेतृत्वमा भएको विरोध तथा धर्ना कार्यक्रममा करिब १ हजार भन्दा बढी बायुगुठी पिडितहरुको सहभागिता रहेको थियो । धर्ना कार्यक्रममा प्रदेश सांसद जगत सिंखडा, डा. राम कुमार अधिकारी लगायत जिल्लास्थित राजनैतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो ।
यही मङ्सिर २५ गते मालपोत विभागका प्रतिनिधि, गठी समस्या समाधान संघर्ष समितिका प्रतिनिधि र भुमिसुधार मन्त्री पद्यमा अर्यालसँग त्रिपक्षीय वार्ता गरेर ठोस निष्कर्ष निकाल्ने निणर्यसँग मङ्गलबारको मालपोत कार्यालय घेराउ तथा धर्ना कार्यक्रम टुङ्गिएको संघर्ष समितिका अध्यक्ष ईश्वरी बहादुर लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस