धादिङ २२ मङ्सिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित सल्यानकोट र वडा नम्बर ६ आगिन्चोकमा रहेको त्रिपुरासुन्दरी माईको मन्दिरको (न्वागी मेला) कोभिड १९ सङ्क्रमणका कारण यसवर्ष सोमबार औपचारिक पूजापाठ गरी सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले मंसिर १५ गते एक सूचना गरी गर्दै न्वागी मेला कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सामान्य रुपमा परम्परागत रुपमा गदै आइएको पूजा चलाई भगवती माईको दर्शन गर्ने वाहेक अन्य व्यक्तिहरु जम्मा भई भिडभाड जात्रा तथा मेला गर्ने, खेलकुद प्रतियोगिता गर्ने, स्टलहरु राख्ने, लगायतका भिडभाड हुने कुनै पनि कृयाकलाप नगर्न नगराउने निणर्य गर्दै कार्यान्वयनका लागि सबैमा अनुरोध गरेको थियो । संक्रमणको जोखिमलाई ख्याल गर्दै गाउँपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गरिनु पर्ने, विगतका वर्षहरुमा हुने गरेका खेलकुद प्रतियोगिता साँस्कृतिक कार्यक्रम र व्यापारिक प्रयोजनका स्टलहरु यस वर्ष जात्रामा निषेध गरिएको थियो ।
गाउँपालिकाले निशेष गरेता पनि मेलामा हजारौँको सङ्ख्यामा भक्तजनहरुको उपस्थिति रहनुका साथै विभिन्न खानेकुराका स्टलहरु रहेका थिए ।
हजारौं मानिहरुले सहभागिता जनाउने पहाडी क्षेत्रको ठुलो मेला माईथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता हुने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस