धादिङ २२ मङ्सिर
धादिङमा सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३५, ५३ र ५४ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय महिला र ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय महिला रहेकोे स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६० पुगेको छ , भने १३ सय १ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस