धादिङ २१ मङ्सिर
धादिङमा आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २ जना, थाक्रे र सिद्धलेक गाउँपालिकाका २/२ जना र धुनीबेशी नगरपालिकाका १ जना गरी थप ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ३७ वर्षीय पुरुष, वडा नं ८ का ६३ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका-१ की ७० वर्षीया महिला, वडा नं ६ की ४५ वर्षीया महिला रहेकी छिन् । यस्तै थाक्रे गाउँपालिका वडा नं १० का ५२ वर्षीय पुरुष, वडा नं ३ की ४९ वर्षीया महिला र धुनीबेशी नगरपालिका वडा नं १ का ३३ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको थापाले बताउनुभयो । यो सँगै धादिङमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ५५ पुगेको छ भने निको हुनेको कुल सङ्ख्या १२ सय ९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस