गोरखा २० मङ्सिर
कृष्ण बहादुर लामिछाने
सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमसेनथापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङ गोरखाको १५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । आफ्ना शेयर सदस्यहरुबाट संकलित साना साना पुँजीलाई एकत्रित गरी शेयर सदस्यहरुलाई शुलभ व्याजदरमा कृषि तथा पशुपालन ब्यापार र उद्यम व्यवसायमा ऋण प्रवाह गरी सदस्यहरुको जीवनस्तर परिवर्तन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको यस सहकारीले १५ औँ वार्षिक साधारण सभा एवं ८ औं अबिधेशन सम्पन्न गरेको हो । वडा नम्बर ३ लाई आफ्नो कार्यक्षत्र बनाएको यस संस्थामा शेयर सदस्य ५ सय ५६ जना र बाल बचत कर्ता १ सय ३७ जना रहेका छन् । यस संस्थाको जारी शेयर पुँजी ३० लाख ५९ हजार ७ सय लगानीतर्फ १ करोड ५२ लाख ६३ हजार ५ सय ९५ र बचत तर्फ १ करोड १७ लाख ३६ हजार ६५ रहेको छ । यस बर्ष संस्थाको नाफा १ लाख ५२ हजार ८ सय ९८ रहेको छ । कार्यक्रममा पुर्व अध्यक्षहरु, पुर्व व्यवस्थापकहरुलाई सम्मान गरिनुका साथै शेयर सदस्यका छोरा छोरीहरु मध्येबाट २०७६ सालको एसइइ परीक्षमा उत्कृष्ठ अंक ल्याई उत्तिणर् हुने १ छात्र/१ छात्रालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा संस्कृत माध्यमिक विद्यालयका छात्रा सुचना खनाल र नव ज्योति माध्यमिक विद्यालयका पुकार लामिछाने रहेका छन । ८ औं अबिधेशनबाट बद्री प्रसाद लामिछाने अध्यक्ष रहने गरी ९ सदस्यीय संचालक समिति गठन गरिएको छ । नव गठित संचालक समितिको उपाध्यक्षमा सरस्वती खनाल, कोषाध्यक्षमा केशरी प्रसाद खनाल, सचिवमा बालकृष्ण दाहाल, सह सचिवमा उत्तम पुडासैनी रहनु भएको छ । सदस्यहरुमा गीता लामिछाने, टेक बहादुर बिक, इन्दीरा बन्जरा, र नीलकण्ठ दाहाल रहनु भएको छ । ३ सदस्यीय लेखा समितिको संयोजकमा एदु प्रसाद लामिछाने रहनु भएको छ । संस्थाका अध्यक्ष चेत प्रसाद बन्जराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष लिलानाथ लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस