धादिङ २० मङ्सिर
अन्तराष्ट्र्रिय स्वयमसेवक दिवस २०७७ को अवसरमा शनिबार धादिङ अस्पतालका १२ जना विरामीहरुलाई वाफ लिने (भाईपोराइजर) वितरण गरिएको छ । धादिङ सोसियल भोलेन्टियर नेपाल र संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको सहकार्यमा विरामीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको संयुक्त एबुलेन्स चालक समाज नेपाल धादिङका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिनु भयो । शनिबार अस्पतालको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर त्रिभुवन चन्द्र झा मार्फत अस्पतालका विरामीहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा धादिङ सोसियल भोलेन्टियर नेपालका सदस्यहरु र संयुक्त यम्बुलेन्स चालक समाज नेपाल धादिङका सदस्यहरुको सहभागिता रहेको थियो । धादिङ सोसियल भोलेन्टियर नेपालले विगतका दिनहरुमा समेत धादिङ अस्पताल परिसर भित्र बृक्षारोपण, गेट, बार, रङरोगन ,तारबार, विरामीहरुलाई फलफूल वितरण, बृहत अस्पताल सरसफाई कार्यक्रम गदै आइरहेको छ । यसै गरी धादिङ कारागार भित्र रहेका कैदी बन्दीहरुको लागि २ थान सर्जिकल बेड हस्तान्तरण गरिएको छ । सेरेना फर्मा सेप्टीकल प्रा.लि. चन्द्रागिरी नगरपालिका ३ थानकोट काठमाण्डौंको सौजन्य स्वरुप ३० हजार मूल्य बराबरको सर्जिकल बेड उपलब्ध गराई आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व बहन गरी धादिङ कारागारलाई उपलब्ध गराएको धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस