धादिङ २० मङ्सिर
धादिङको ज्वालामुखी गाउँपालिकामा पालिका स्तरीय कोभिड अस्पतालको औपचारिक सेवा शनिबारदेखि शुभारम्भ गरिएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ स्थित साँधभन्ज्याङमा एक कार्यक्रमको आयोजना गरी अस्पतालको औपचारिक सेवा शुभारम्भ गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनु भयो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद खेम प्रसाद लोहनीले कोभिड अस्पतालबाट दिने सेवा कोभिड १९ को महामारीमा मात्रै नभई महामारी सकिएपछि पनि निरन्तर रुपमा प्रवाह गर्नुपर्ने बताउनु भयो । लामो अन्योलमा रहेको बुढिगण्डकी परियोजनाले पनि अब छिट्टै गति लिने समेत लोहनीले बताउनु भयो । ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व सांसद रामनाथ अधिकारी, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोद तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्वास्थकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस