धादिङ २० मङ्सिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित शितल बजारमा प्रदेश सांसद डा. रामकुमार अधिकारीको सम्पर्क कार्यालय शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सांसद अधिकारीले शनिबार विधिवत रुपमा सम्पर्क कार्यालयको उद्ध्घाटन पार्टी कमिटीका गतिविधिहरु, प्रदेश तथा स्थानीय तहबाट हुने विकास निर्माणका गतिविधिहरु कार्यालयमा नियमित छलफल गर्दै सञ्चालन गर्ने बताउनु भयो । यस्तै प्रदेश सभाले गरिरहेको काम तथा प्रदेशबाट विनियोजित बजेट र तिनीहरुको कार्यान्वयनको अवस्थाका बारेमा सम्पर्क कार्यालयमा स्थानीय नागरिकहरुले बुझ्न सक्ने डा. अधिकारीले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले दुई तिहाई बहुमतको नेकपाको पार्टी कुनै पनि हालतमा नफुट्ने बताउदै आम कार्यकर्ता पङ्ति र नेकपाप्रति आस्था राख्ने जनसमुदायलाई बिचलित नहुन आग्रह गर्नुभयो ।
उद्ध्घाटन कार्यक्रममा प्रदेश सांसद डाक्टर रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, नेकपा नगर कमिटिका अध्यक्ष दिपक विश्वकर्मा, सचिव हरि कुमार श्रेष्ठ लगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस