धादिङ १९ मङ्सिर
नीलकण्ठ नगरपालिका वडा नं. २ बसाहमा नेपाली काँग्रेस परित्याग गरी १५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।
नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका २ वडा सह सचिव राजु नेपाल, गणेश बहुमुखी क्याम्पस इकाई सभापति एवम् नेपाल विद्यार्थी संघ धादिङ काठमाडौं सम्पर्क समितिका वरिष्ठ सदस्य सुरज नेपाल, महेन्द्र मावि इकाईका पूर्व कोषाध्याक्ष शिव नेपालको नेतृत्वमा १५ जना काँग्रेस कार्यकर्ता शुक्रबार नेकपा प्रवेस गरेका हुन् ।
नव प्रवेसीलाई नेकपा वागमती प्रदेश सदस्य एवम् नीलकण्ठ नगरपालिकाका उप(प्रमुख मनराज भण्डारी र राष्ट्रिय युवा संघ नेपाल धादिङका संह संयोजक राजाराम रिजाल, वडा अध्यक्ष ध्वजबहादुर गुरुङ लगायतले स्वागत गर्नुभएको थियो ।
यस अघि नेपाली काँग्रेका वडा सचिव सुरेश थापामगरको नेतृत्वमा सोह्रघरबाट ३० जना नेकपामा प्रवेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस